कम्बोडियाको चुनाव हेरेर नेपाल फर्कँदै छन् अध्यक्ष ओली

कम्बोडियामा आइतबार चुनाव भएको थियो। सोमबार साँझ स्वदेश फर्किएपछि ओलीले मंगलबार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग भेट गर्ने कार्यक्रम छ। तीनदिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युनसहितको टोली अहिले काठमाडौँमा छ।

Continue Reading

शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेनः राजेन्द्र पाण्डे

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताएका हुन्। उनले नक्कली शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको जिकिरगरे। उनले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको उल्लेख गरे। उनले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए।

Continue Reading

कोशी सरकार गठनविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको हो। उक्त रिटमाथि  पूर्ण इजलासमा मङ्गलबारदेखि नै सुनुवाइ हुनेछ। ‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) […]

Continue Reading

सभामुख घिमिरे र चिनियाँ नेता युआनबीच भेटवार्ता

आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकामा आभार व्यक्त गरेका थिए। सो अवसरमा पोलिटब्यूरो सदस्य युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले […]

Continue Reading

राजनीतिक तहमा हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधारौँः उपेन्द्र यादव

महँगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाइ थियो। सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचार नै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेकोसमेत बताए। अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महँगो निर्वाचन […]

Continue Reading