नेपालको संविधानलाई बुझ्न मद्यत गर्ने पुस्तक

कानुन पुस्तक रिभ्यु

संविधानविद् वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक भएको छ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवले शुक्रवार एक समारोहविच ज्ञवालीद्वारा लिखित पुस्तक  सार्वजनिक गरेका हुन्। पुस्तक सार्वजनिक गर्दै यादवले कानुनको शासन कायम गर्ने विषय पुस्तकले खुलेर वकालत गरेको बताए। यस्तै उनले सङ्घीयतासहितको संविधान उत्कृष्ट  रहेको बताउँदै यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ पनि राखे।

महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले तुलनात्मक अध्ययन गर्न, संविधान निर्माणका क्रममा भएको संविधानको मर्म र सङ्घीयता बुझ्नका लागि पुस्तक निकै महत्वपूर्ण सावित हुने धारणा राखे। ‘न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका लागि पुस्तक उपयुक्त छ,’ पोखरेलले भने।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले पुस्तकबारे आफ्ना धारणा राख्दै  संविधानको व्याख्या जटिल विषयमा भएको बताए। नेपाल बारका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले भने, ‘गणतन्त्र, प्रजातान्त्रक, सङ्घीयता र समावेशीताको विषयमा पुस्तकले राम्रो व्याख्या गरेको छ।’

कार्यक्रममा नेपाल बारएशोसिएसनका अर्का पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानका बिषयमा पुस्तक लेख्नु सामान्य कुरा नभएको बताए। गहन बिषयमा पुस्तक लेखनमार्फत ज्ञवालीले योगदान पु¥याएको भन्दै थापाले भविष्यमा पनि लेखनमा सदा प्रेरणा मिलोस् भन्दै शुभकामना दिए। वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पुस्तकबारे आफ्ना भनाई राख्दै सङ्घीयतामा समावेशिता अनिवार्य हुनुपर्ने भए पनि लक्षित वर्गले यस्ता प्रावधानको फाइदा लिन नसकेको टिप्पणी गरे।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि पुस्तक बहुआयामिक रहेको बताए। ‘पुस्तक अध्ययनका लागि धेरै उपयोगी र ऐतिहासिक दस्तावेज हुने मेरो विश्वास छ,’ घिमिरेले भने। पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा.ज्ञवालीले संविधानको सेरोफेरोमा आफूलाई पुस्तक लेख्न आनन्द लाग्ने भएको बताउँदै पुस्तक त्यसैको उपज रहेको बताए।

उनले देश, जनता र विधिको शासनप्रति आफू असाध्यै संवेदनशील भएको भनाई पनि राखे। नेपालको संविधानको टीप्पणी सहितको व्याख्या पुस्तकमा रहेको जानकारी पनि उनले दिए। डा.ज्ञवालीले भने, ‘संविधान कार्यान्वयनको लागि सहयोग पुग्ने अपेक्षा राखेर नै पुस्तक लेखिएको हो।’

अधिवक्ता ललितबहादुर बस्नेतले पुस्तक ऐतिहासिक संग्रहनीय दस्तावेज भएको धारणा राखेका थिए। ‘संविधानको सकरात्मक व्याख्या गर्ने विषयमा पुस्तकले स्पष्ट व्याख्या गरेको छ,’ बस्नेतको टिप्पणी थियो। पैरवी प्रकाशनले प्रकाशित गरेको ‘नेपालको संविधानको ब्याख्या भाग १ र २’ मा नेपालको संविधानको विस्तृत व्याख्या गरिएको छ। पुस्तकमा अमेरिका र भारत, दक्षिण अफ्रीका, बेलायत लगायतका संविधान, अन्तराष्ट्रिय महासन्धी, घोषणा र प्रतिज्ञापत्र लगायतका दस्तावेजहरुकोे व्याख्या, टिप्पणी र विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *