उच्च अदातलमा २७ न्यायाधीश सिफारिस (सूचीसहित)

लेक्स नेपाल विशेष

न्याय परिषदले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद बैठकले नियुक्ति सिफारिस गरेको प्रवक्ता मानबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार १८ जना जिल्ला न्यायाधीशबाट, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाबाट तीन जना र कानुन व्यवसायीबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको छ । सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । परिषद बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरुवा पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *