वकिलको ड्रेसको रुपमा किन कालो रंग नै चुनियो ?

कानुन विचार

What black colour symbolizes? भनेर हेर्ने हो भने, Black color regarded as color of power  अथवा कालो रंग शक्तिको प्रतिक, आक्रामकको प्रतिक मानिन्छ । कालो रंगले रहस्यको संकेत गर्दछ, साथै यसले शक्ति र आधिकारिकताको पनि संकेत गर्दछ । यस्तो पनि विश्वास गरिन्छ कि ईश्वर न्यायको दाता हुन् र ईश्वरको प्रतिक पनि कुन रंगको हो भन्ने कुरा पुष्टि नभएपनि यदि हामीले ब्रह्माण्डको कुरा गर्ने हो भने यसको रंग अलि गाढा नै देखिन्छ । यसर्थ कालो रंगले कसैलाई पक्षपात नगर्ने भएकाले वकिलले पनि जस्तो सुकै मुद्धा जुनसुकै पक्षबाट लड्नुपर्ने विश्वासका आधारमा कालो रंगको कोट लगाउन थालिएको हो भन्ने विश्वास गरिन्छ ।

त्यसैगरी वकिलका लागि कालो रंग नै किन ? भन्ने प्रश्नमा अर्को दुईटा कारण के छन् भने पहिलो कारण त पहिलेपहिले Dyes त्यति सजिलै पाइँदैनथ्यो । Purple color राजघरानाहरुले प्रयोग गर्थे भने कालो बाहेक अर्को कुनै रंग बाँकि थिएन । त्यसकारण पनि अदालतमा उपस्थित हुने वकिलहरुले कालो रंगको गाउन लगाएर उपस्थित हुने गर्थे भनिन्छ । अर्को कारण चाहिँ त्यही सुरुवाती बखतमा Black color was taken as a color of authority and dominance कालो रंगलाई आधिकारिकता र वर्चश्वको रंगको रुपमा पनि लिने गरिन्थ्यो । कालो रंगको कपडामा देखिने व्यक्ति बढी शक्तिशाली र प्रभावशाली देखिने विश्वास गरिन्थ्यो ।

त्यसैगरी वकिलका लागि भनेर कालो रंग नै किन चुनियो ? भन्ने प्रश्नमा कालो रंगको लुगा लगाउँदा वकिल न्यायप्रति समर्पण हुन्छ भन्ने विश्वास गरिन्छ । यसको पुष्टि कहाँबाट गरियो भने, जसरी चर्चमा एचष्भकत अथवा पादरीले ईश्वरप्रति समर्पण देखाउनका लागि कालो रंगको पहिरन लगाउँछन् । त्यसरी नै वकिलहरुले न्यायप्रतिको समर्पण जनाउनका लागि अदालतमा कालो रंगको कोट लगाउँछन् भन्ने विश्वास गरिन्छ ।

वकिलले कालो रंगको कोट लगाउनुको पछाडिको कारण त हिन्दु ज्योतिषशास्त्रका आधारमा पनि व्याख्या गरिन्छ नि । तपाईँ हामीलाई थाहा भएकै कुरा हो कि न्यायका देवता शनी हुन् । तपाईँ हामीलाई थाहा छ कि शनीको रंग कालो हुन्छ । त्यसकारण यदि न्यायका देवता मानिने शनिको रंग कालो हुन्छ भने त वकिल पनि न्याय निसाफका लागि वकालत गर्ने पेशा हो । त्यसकारण पनि वकिलको कोटको रंग कालो हुनुपर्छ भन्ने विश्वास रहि आएको छ ।

ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने

वकिलले कालो रंगको गाउन लगाउने चलन त बेलायत अर्थात ब्रिटेनबाट सुरु भएको हो । १६८५को फेब्रुअरीमा जब बेलायती राजा चाल्र्स द्वितियको निधन भयो, राजाको मृत्युमा मानिसहरुले शोकको संकेतका रुपमा कालो रंगको गाउन लगाएर शोक मनाउन सुरु गरेका थिए । यसरी आफ्नो दु:ख व्यक्त गर्नको लागि मानिसहरुले कालो रंगको लुगा लगाउँदै गए र उता न्यायाधीश र कानुन व्यवसायीका लागि पनि कालै रंगको ड्रेस कोड तय गरिन थालियो ।

त्यसैगरी बेलायतमा न्यायाधीश र कानुन व्यवसायीले विग र गाउन लगाउनु गुमनामीको अथवा Neutrality को संकेत हो भन्ने विश्वास गर्न थालियो । त्यसैले कसैलाई पक्षपात नगरी मुद्धा अनुसार क्लाइन्टलाई represent गर्नुपर्ने भएकाले कालो रंगको गाउन लगाउनु भनेको अज्ञात रहनु अर्थात् कोइसँग पनि पक्षपात नगरी anonymous रहनु भन्ने विश्वासका कारण उनीहरुले कालो रंगको कोट लगाएका हुन् भन्ने विश्वास गरिन्छ ।

अनि तपाईँले त्यो artificial कपाल जस्तो त्यो विग लगाएको पनि देख्नुहुन्छ नि । हो त्यसको सुरुवात पनि ब्रिटेनबाटै भएको थियो । जब बेलायतमा राजा चाल्र्स द्वितियको शासनकालमा राजसंस्थाको पुनस्र्थापना भयो आफूलाई अंग्रेज शासनको एकदमै साम्भ्रान्त परिवारका सदस्यको रुपमा आफूलाई लिन थाले र त्यसको लागि विग लगाउन थालेका थिए ।

कानुनले के भन्छ ?

भारतको इतिहासमा वकिलको कालो कोटको बारेमा १९६१ मा बनेको एडभोकेट एक्टको दफा ४९ले व्यवस्था गरेको छ । जसमा वकिलले कस्तो पहिरन लगाउने भन्ने कुराको निर्णय बार काउन्सिलले गर्ने भनिएको छ । त्यसै मुताबिक सन् १९७५मा भारतीय बार काउन्सिलले एउटा नियम बनाएर वकिलको ड्रेसकोडको व्यवस्था गर्‍यो । जसमा पुरुष वकिलले A black buttoned up coat, chapkan, achkan, black sherwani and white bands with Advocates’ Gowns nufpg’ kg]{ lgod agfof] eg] dlxnfsf] xsdf Black and full or half sleeve jacket or blouse, white collar stiff or soft, with white bands and Advocates’ Gowns न्यधलक लगाउने व्यवस्था गर्‍यो । यस बाहेक भारतमा धोती अथवा पैजामा लगाउने छुट दिइएपनि जिन्स पेन्ट भने लगाउन नपाइने भनिएको छ ।

अनि टाइ चाहिँ लगाउन मिल्छ कि मिल्दैन भन्ने सन्दर्भमा भारतको बार काउन्सिलले Regular Courts मा अर्थात् नियमित अदालतमा चाहिँ टाइ लगाउन नमिल्ने उल्लेख गरेको छ ।

नेपालमा के छ कानुनी व्यवस्था ?

वकिलको ड्रेस कस्तो हुने भन्ने कुराको व्यवस्था नेपाल कानुनी व्यवसायी परिषद् ऐन, २०५० (Nepal Bar Council Act, 2050) ले गरेको छ । यो ऐनको दफा २७ अनुसार Nepal Bar Councilले २०५१ सालमाLawyers Code of Conduct अर्थात् कानुन व्यवसायीको आचारसंहिता बनाएको थियो । त्यसको नियम ३ मा चाहिँ वकिलको ड्रेसको बारेमा लेखिएको छ । जसमा वकिल अदालतमा कालो कोटसहितको पूर्ण पोशाकमा उपस्थित हुनुपर्ने भन्ने व्यवस्था गरेको छ । यसरी नेपालमा वकिलले कालो कोट लगाउने कुरा २०५० सालबाट Nepal Bar Council कानुन बनाएर सुरु गरेको थियो । तर त्यसअघि पनि कालो कोट लगाउनु पर्ने कुराको उल्लेख तLawyers Act, 2025 अनुसार सर्वोच्च अदालतबाट हुँदै आएको थियो ।

अब अन्तमा जाँदाजाँदै वकिलहरुले कोट कालो रंगको लगाएपनि घाँटीमा चाहिँ सेतो रंगको नेकब्यान्ड किन लगाउँछन् थाहा छ तपाईँलाई ? यसको बारेमा नेपालको कानुनले केही बोलेको छैन तर भने भारतीय एड्भोकेट एक्ट, १९६१मा भने घाँटीमा सेतो रंगको नेकब्यान्ड पहिरनु पर्ने व्यवस्था गरिएको छ । यसको सुरुवात पनि बेलायतबाटै भएको हो भन्ने मानिन्छ जहाँ ब्यारिष्टरहरु (वकिल)हरुले आफ्नो युनिफर्मको रुपमा सेतो ब्यान्ड लगाउने गर्थे । त्यो सेतो बेन्डले चाहिँ Tablets of Laws or Tablets of Stone represent गर्दछन् । बाइबलमा 10 Commandments छन् । मोजेज भन्ने एकजना पैगम्बरले लेखेको पुस्तकमा त्यो पढ्न पाइन्छ । कि यो Tablets of Laws लाई दुईटा ढुँगामा लेखिएको थियो जसको आकार पनि ठ्याक्कै त्यो घाँटीमा लगाउने रोब जस्तै थियो । ती १० वटा कमान्डमेन्टहरुलाई सहिंताबद्ध कानुनको पहिलो उदाहरण मानिन्छ । त्यसकारण पहिलो संहिताबद्ध कानुनको आकार जस्तो छ त्यस्तै नै वकिलको घाँटीको नेकब्यान्ड बनाइएको भन्ने विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *