ललितानिवास प्रकरणमा तीन सय जनामाथि मुद्दा चलाउनुपर्ने राय सहित सिआइबीले बुझायो प्रतिवेदन

कानुन समाचार

ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरी सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयलाई आज प्रतिवेदन बुझाएको एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।

एसपी अधिकारीका अनुसार संगठित अपराध र कीर्ते मुद्दामा करिब तीन सय प्रतिवादीमाथि मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ।

सिआइबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग आइतबार बेलुका घरमै पुगेर बयान लिएको थियो। यस्तै सोमबार साँझ पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सिआइबीको कार्यालय पुगेर बयान दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *