सभापतिज्यू, आफ्नो आसपास धूपबत्ती बाल्नेलाई छाड्नुस्: गगन थापा

कानुन वार्ता

काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो आसपास धुपबत्ती बाल्नेलाई छाड्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा थापाले सभापतिलाई यस्तो आग्रह गरेका हुन्।
पार्टीलाई लिएर जनतामा नैराश्यता छाएको भन्दै यस्तो अवस्थामा आफ्नो वरिपरि धुपबत्ती बाल्नलाई छाडेर नागरिक किन निराश छन् त्यसमा ध्यान दिन आग्रह गरेका छन्।

थापाले गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वमा पार्टीलाई पहिलो बनाएको स्मरण गर्दै वर्तमान नेतृत्वलाई पनि ‘कम्फर्ट जोन’ बाट निस्किन आग्रह गरे। थापाले कांग्रेस एजेन्डामा केन्द्रित हुनुपर्ने बताए।

उनले भने,‘कांग्रेसको अबको एजेण्डा के हो? स्पष्ट हुनुपर्छ, महामन्त्रीहरू बोल्न छोडेर मौन व्रत बसे भने सबै समस्या समाधान हुन्छ जस्तो परिस्थिति देखियो। कांग्रेस फुटबल हारेको टिमजस्तो भएको छ, कहिल्यै जित्दैनौ भन्ने विश्वास गुमेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *